कमल । इलामको चुलाचुली–१ मा सञ्चालित क्रिष्टलबाट चुरा पोते बनाउने र उद्घोषण सम्बन्धी ७ दिने तालिम समापन भएको छ ।
कमल गाउँपालिका–३ केर्खामा मुख्य कार्यालय रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना र चुलाचुली–१ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भएको सो तालिम समापन भएको हो ।
चुरा पोते बनाउने तालिमका २० र उद्घोषण तर्फका २० जना प्रशिक्षार्थीलाई वडा अध्यक्ष पूर्ण लावतीले प्रमाणपत्र प्रदान गरेका थिए । उक्त तालिम समापन भएसँगै ढाका बुनाई सम्बन्धी १ महिने तालिम शुरु भएको छ ।
आयोजक केन्द्रकी अध्यक्ष शान्ता उप्रेती (दाहाल) को अध्यक्षतामा भएको तालिम समापन कार्यक्रमपछि चुलाचुली–१ का वडा अध्यक्ष पूर्ण लावतीले सो तालिमको उद्घाटन गरेका हुन् ।
सविता राईले सञ्चालन गरेको सो कार्यक्रममा सहभागीलाई नन्दकुमारी राईले शाब्दिक स्वागत गरेकी थिइन् । ढाका बुनाई तालिममा १० जनाले सहभागिता जनाउने आयोजक केन्द्रकी उपाध्यक्ष बबिता वाग्लेले जानकारी दिइन् ।