गौरादह । गौरादह जेसीजले गौरादह नगरपालिका–१ सँग सहकार्य गरेर नाट्य कार्यशाला गोष्ठी शुरु गरेको छ ।
आयोजक जेसीजका अध्यक्ष खड्ग थापाका अनुसार लागूऔषध दुव्र्यशन बढेर विकराल रुप लिन थालेपछि नाटकको माध्यमबाट जनचेतना जगाउन गोष्ठी शुरु गरिएको हो ।
दुव्र्यशनविरुद्ध सचेतना सन्देश प्रवाहका लागि नाटक प्रदर्शन गर्ने योजना अनुसार अघि बढिएको उनले जानकारी दिए ।
“जेठ ८ गतेसम्म सञ्चालन हुने नाट्य कार्यशालामा २२ जना सहभागी छन्”, अध्यक्ष थापाले भने, “विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थी लक्षित नाटक जेठ ९ गतेदेखि शुरु गर्छौं ।”
उनका अनुसार वर्ष २०२४ अवधिभर सञ्चालन हुने लागूऔषध दुव्र्यशनविरुद्धको अभियानका लागि राय, सुझाव संकलन तथा अन्तक्र्रिया, समुदाय केन्द्रित सचेतना कार्यक्रम भइसकेको छ ।