२०८१ मंसिर ८, शनिवार , ०१:३५:३१ बजे

Sajhamanch
'

पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने

बुधवार, जेठ २, २०८१

आर्थिक सङ्कट र अन्तर्राष्ट्रिय मौद्रिक कोष (आईएमएफ)को कडा सर्तको सामना गरिरहेको पाकिस्तानले सबै सरकारी कम्पनी निजीकरण गर्ने निर्णय गरेको छ । राजधानी इस्लामावादमा हिजो बसेको निजीकरण आयोगको बैठकमा प्रधानमन्त्री शाहबाज सरिफले रणनीतिक हिसाबले महत्वपूर्ण केही कम्पनी बाहेक सबै कम्पनी निजीकरण गर्ने घोषणा गरे।

प्रधानमन्त्री सरिफले व्यवसाय गर्ने सरकारको काम नभएको तर देशमा व्यापार र लगानीको राम्रो वातावरण दिन सरकार लाग्नुपर्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ । प्रधानमन्त्री सरिफले निजीकरण आयोगलाई प्रक्रिया सरल बनाउन सबै मन्त्रीहरूलाई सहयोग गर्न अपिल गरेको खबरमा उल्लेख छ ।

पाकिस्तानको वित्त मन्त्रालयको डिसेम्बर २०२३ को रिपोर्टअनुसार पाकिस्तानमा ८८ वटा सरकारी कम्पनी छन् । पाकिस्तानमा कम्पनीहरू बेच्ने कार्यक्रमलाई ‘निजीकरण कार्यक्रम २०२४र२०२९’ नाम दिइएको छ । यसमा पाकिस्तानका पावर कम्पनीहरू अर्थात विद्युत वितरण कम्पनीहरु पनि पर्छन् । सबैभन्दा पहिले घाटामा रहेका कम्पनीहरू बेचिनेछन् । त्यसपछि नाफा कमाउने सरकारी कम्पनीलाई निजीकरण गरिनेछ ।एजेन्सी

सम्बन्धित खबर