विराटनगर । संघीय सरकारबाट बाहिरिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिंदैछन । कोशीमा जसपा नेपालका एक जना निर्मला लिम्बु सांसद छिन् ।
उनले वर्तमान सरकारलाई विश्वासको मत दिने बताइन् । केन्द्रको निर्देशन विश्वासको मत दिनू भन्नेछ,’ उनले भनिन्, ‘विश्वासको मत दिन्छौं ।’
मुख्यमन्त्री कार्कीलाई एमालेसहित सत्ता गठबन्धनका माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले विश्वासको मत दिनेछन् ।
राप्रपाले तटस्थ बस्ने बताएको छ । कांग्रेसले भने बैठक अवरोध गर्ने तयारी गरेको छ ।