कमल । कमल गाउँपालिकाका किशोरीहरुलाई लक्षित गरी आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन भइरहेको छ ।
सो पालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की (रिजाल) का अनुसार पालिकाको ७ वटै वडाका विद्यालयमा पढ्ने किशोरीका लागि उक्त तालिम सञ्चालन गरिएको हो ।
प्रत्येक वडाका ३५ जना किशोरीलाई उक्त तालिम दिइने जानकारी दिँदै शाखा प्रमुख कार्कीले भनिन्, ‘वडा नम्बर २, ३, ४ र ५ मा तालिम भइसक्यो, बाँकी रहेका वडामा पनि तयारी हुँदैछ ।’
सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयका मीना कठेत लगायतको टीमले सहभागी किशोरीहरुलाई प्रशिक्षण दिइरहेको शाखाले जनाएको छ ।