२०८१ मंसिर १२, बुधवार , ०२:१८:१० बजे

Sajhamanch
'

रफाहमा आक्रमण नरोके ठूलो विपत्ति निम्तिन्छ : गुटेरेस

शनिवार, वैशाख २९, २०८१

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजाको रफाहमा इजराइली स्थल आक्रमणबाट ‘महामानवीय विपत्ति’ निम्त्याउने चेतावनी दिएका छन्। वार्ताकारहरूले कायरोमा विनासम्झौता युद्धविराम वार्ता छाडेपछि उहाँले त्यस्तो चेतावनी दिएका हुन्।‘रफाहमा भएको ठूलो स्थल आक्रमणले ठूलो मानवीय विपत्ति निम्त्याउने छ र अनिकालका कारण मानिसलाई सहयोग गर्ने हाम्रो प्रयासलाई रोक्नेछ’, नैरोबीको भ्रमणका क्रममा गुटेरेसले भने। उनले दक्षिणी गाजा शहरको अवस्था ‘तरबारको धार’ मा रहेको बताए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक अन्तरवार्तामा यदि रफाह सहरमा पूर्णस्तरको आक्रमण भयो भने इजराइलका लागि तोपखानाका गोला र अन्य हतियार रोक्ने बताएका थिए।इजराइललाई रफाहबाट बाहिर रहन बारम्बार आग्रह गरिसकेपछि बाइडनेले इजराइलमाथि प्रतिवर्ष कूल तीन अर्ब डलरको सैन्य सहायता बढाएको अन्तिम अमेरिकी लाभ यो पहिलो पटक थियो।व्यापक अन्तर्राष्ट्रिय विरोधका बावजुद इजराइली सेनाले हमास लडाकूहरूको खोजीमा रफाहको पूर्वी क्षेत्रमा प्रवेश गरेको बताएको थियो। यसपछि पनि रफाहमा तोप हमला भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।

एजेन्सी

सम्बन्धित खबर