२०८१ मंसिर ८, शनिवार , ०६:४१:३३ बजे

Sajhamanch
'

खुला महिला फुटबल नकआउट प्रतियोगितामा कन्काई स्पोर्टिङ क्लब च्याम्पियन

शुक्रवार, वैशाख २८, २०८१

कमल । खुला महिला फुटबल नकआउट प्रतियोगिताको उपाधि कन्काई स्पोर्टिङ क्लब सुरुङगाले जितेको छ ।

कमल गाउँपालिका खेलकूद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीवार सम्पन्न फाइनल खेलमा रोयल स्पोर्टिङ क्लब दमकलाई २–० गोल अन्तरले हराउँदै कन्काई स्पोर्टिङ क्लबले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको १० औं मिनेटमा कन्काईका जर्सी नम्बर ११ की तीर्थकुमारी लिम्बूले पहिलो गोल र २३ औं मिनेटमा कन्काईकै जर्सी नम्बर १३ की नेहा चौधरीले गरेको अर्को गोल गरेका थिए ।

कन्काईले उपाधिसँगै नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता रोयल स्पोर्टिङ क्लबले नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी सिमरन राई, प्लेयर अफ द म्याच सञ्जु तामाङ, बेस्ट डिफेन्डर सुष्मा राई, बेस्ट मिडफिल्डर सञ्जु राई, वेष्ट फरवाड ममता राउत, बेस्ट स्ट्राइकर र बेस्ट गोल किपर सविना चौधरीलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो प्रतियोगिता गत वैशाख २३ गतेबाट कमल गाउँपालिका–३ स्थित केर्खा खेल मैदानमा भएको थियो । प्रतियोगितामा झापा, इलाम र मोरङका ८ वटा टीमको सहभागिता रहेको खेल संयोजक रुस्तम राईले जानकारी दिए ।

शुक्रवार, वैशाख २८, २०८१ | खेलकुद, जिल्ला समाचार

सम्बन्धित खबर