
दक्षिण एसियाली देशमा वन क्षेत्र बढाउने र प्रदूषण नियन्त्रण गर्ने प्रयास अनुरुप पाकिस्तानले विभिन्न जिल्लामा वृक्षारोपण अभियान शुरु गरेको छ ।
‘प्लान्ट फर पाकिस्तान’ अभियान अन्तर्गत रुख रोप्नका लागि छुट्याइएको जग्गाको पुनःस्थापना, वृक्षारोपण प्रवर्धन , जलवायु परिवर्तनको असर न्यूनीकरण र जैविक विविधताको संरक्षण गरिने त्यहाँको जलवायु परिवर्तन तथा वातावरण समन्वय मन्त्रालयले जनाएको छ ।
यो अभियान सन् २०२६ सम्म जारी रहने र यसको दायरा अन्य जिल्लामा पनि विस्तार गरिने मन्त्रालयले जनाएको छ । वृक्षारोपण अभियानलाई प्रदेश सरकार, कर्पोरेट क्षेत्र, युवा तथा समग्रै नागरिकको सहयोग रहने पाकिस्तिानी सञ्चार माध्यम एसोसियट प्रेस अफ पाकिस्तानले जनाएको छ । यो आयोजनाले प्रदूषण घटाउनसँगै काठ उद्योगको विकास र कृषि क्षेत्रमा फाइदा पुग्ने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।