
तेल अभिभ । इजरायलले रफाहमा गरेको हवाई आक्रमणमा १५ जनाको मृत्यु भएको छ । मर्नेमा बालक पनि भएको दक्षिण गाजामा रहेको एक अस्पतालले भनेको छ ।
रफाहमा इजरायल विमानबाट आक्रमण भएपछि कयौँ घरहरूबाट आफ्नो एक टोलीले शवहरू निकालेको भन्दै अबु युसुफ अल नज्जर तथा एआई कुवेती अस्पतालले भनेको थियो ।
इजरायलले रफाहमा हमासमाथिको सैन्य दबाब बढाउने कशम नै खाएको छ । युद्ध विरामको प्रस्तावको प्रतिक्रियामा हमासले सोमबार दिएको जवाफ माग पूरा हुने स्थितिबाट निकै टाढा रहेको बताइएको थियो । इजरायलले मङ्गलवार बिहानै रफाहमा हवाई आक्रमण गरेको थियो ।