
काठमाडौँ । राष्ट्रिय जनगणना २०७८ ‘जनसाङ्ख्यिक सूचक’ नामक पुस्तिका र ‘जनसङ्ख्या साक्षरता’ पुस्तक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयमा आइतबार एक कार्यक्रमकाबिच जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचक सार्वजनिक गरिएको हो ।
जनसख्या साक्षरता पुस्तकमा नेपालमा जनगणना उपयोगिता, अभ्यास तथा गुणस्तरका चुनौतीहरू ,जनसङ्ख्याको आकार संरचना वितरण एवम् वृद्धि मापन तथा प्रक्षेपण विधि, शैक्षिक तथ्याङ्क र जनसाङ्ख्यिक सूचकमा चार सयभन्दा बढी सूचकहरू समावेश गरिएको छ ।
पुस्तक राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख अर्जुनप्रसाद पोखरेलले सार्वजनिक गरेका हुन् ।