
काठमाडौं । उपचुनाव अन्तर्गत इलाम–२ मा २७ हजारभन्दा बढी मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको मत ११ हजार नाघेको छ । पछिल्लो मतपरिणामअनुसार सुहाङले ११ हजार ७८ र कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ३ सय २४ मत ल्याउनुभएको छ ।
यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ६ हजार ९ सय १ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ५ सय १२ मत आएको छ । इलाम–२ मा अस्ति शनिवार भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए ।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ ३० हजार २० मत ल्याएर निर्वाचित हुनुभएको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउनुभएको थियो ।