
काठमाडौं । उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना गर्नका लागि बिहान ७ बजे सर्वदलीय बैठक बस्दै छ । सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार सबै राजनीतिक दलका उमेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको छ । बैठकपछि सबै प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ, उनले भने ।सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना सुरु गरिएको हो । सो सिटी हलका दुई स्थानमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।