
दाङ । दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा लमही नगरपालिका–७ बनघुस्रीका ४३ वर्षीय महेन्द्र गिरी रहेका इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
गएराति लमही नगरपालिका–७ बनघुस्रीको पूर्वपश्चिम राजमार्गमा रोकिराखेको लु १ ख ९५७० नम्बरको ट्रकसँग प्रदेश ३–०२००९ प ९८५८ नम्बर मोटरसाइकल ठोक्किएको हो । शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।