२०८१ असोज ४, शुक्रवार , ११:५९:५३ बजे

Sajhamanch
'

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मङ्गलवार, वैशाख ११, २०८१

धादिङ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो ।

केमिकलहरू एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताए । गुड्दा गुड्दै एक्कासि सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन ।

राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।

मङ्गलवार, वैशाख ११, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर