२०८१ माघ २९, मङ्गलवार , ०७:२६:१० बजे

Sajhamanch
'

सिक्किमलाई हराउँदै मछिन्द्र विराट गोल्डकपको फाइनलमा

शुक्रवार, चैत २३, २०८०

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मछिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफसी बीच प्रतिस्पर्धा हुनेभएको छ ।

विराटनगरको शहीद मैदानमा बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनलमा काठमाडौंको मछिन्द्र एफसीले पाहुना टोली भारतको सिक्किम ड्रागनलाई १–० गोलले पराजित गर्दै घरेलु टिम सांग्रिलासँगको उपाधि भिडन्त पक्का गरेको हो ।

मछिन्द्रलाई जित दिलाउन आयुष घलानले ९४ औं मिनेटमा निर्णायक गोल गरे । हिसुब थपलियाको स्थानमा दोस्रो हाफमा वैकल्पिक खेलाडी मनिष डाँगीले निकालेको क्रस पासलाई आयुषले आकर्षक गोलमा परिणत गरेका हुन् ।निर्धारित ९० मिनेट गोलरहित बराबरी भए पनि इन्जुरी टाइममा आयुषले निर्णायक गोल गरे । गोलकर्ता आयुष प्लेयर अफ द म्याच पनि घोषित भए । उनले नगद ११ हजार पाए ।खेलाडीले मोटरसाइकल पाउनेछन् ।

सम्बन्धित खबर