२०८१ मंसिर ८, शनिवार , ०५:३६:४५ बजे

Sajhamanch
'

भ्रष्टाचार गरेर रोलेक्स घडी किन्ने राष्ट्रपतिको घरमा प्रहरीको छापा

आइतवार, चैत १८, २०८०

पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा प्रहरीले छापा मारेको छ।भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रहरीले बोलुआर्टेले घोषणा नगरेका ‘रोलेक्स घडी’को खोजी गर्न निवासमा करिब ४० जना अधिकारी खटाएको थियो।

प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्य’ले छापा मारेको पुष्टि गरेको छ। बोलुआर्टेले विदेशी उत्पादनका बिलासी घडी लगाएको बारेमा चर्चा चुलिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान सुरु गरेको थियो।प्रहरी र अभियोजकको कार्यालयबीचको संयुक्त अभियानअन्तर्गत राष्ट्रपतिको निवासमा गरिएको छापा स्थानीय टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

डिसेम्बर २०२२ मा पूर्वराष्ट्रपति पेड्रो क्यास्टिलोले कंग्रेसलाई भंग गर्न र आदेशको भरमा शासन गर्ने प्रयास गरेपछि बोलुआर्टेले राष्ट्रपतिको जिम्मेवारी पाएकी थिइन्।

एजेन्सी

सम्बन्धित खबर