काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत गरेका छन्।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल नेतृत्वमा रहेको सहकारी विभागमा सभापति देउवाले १० जना सदस्य मनोनीत गरेका हुन्।
भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाललाई देउवाले सदस्य मनोनीत गरेका हुन्।
साथै केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा पनि सभापति देउवाले १० जना सदस्य शुक्रबार मनोनीत गरेका छन्।
नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, चन्द्रकुमार आङ्दम्वे, सलामसिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ, कृष्ण घिसिङलाई सभापति देउवाले सदस्य मनोनीत गरेका हुन्।
कांग्रेस विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो।