२०८१ पौष ४, बिहिवार , ०४:५६:२२ बजे

Sajhamanch
'

रुसमा थप १६ नेपालीको मृत्यु

मङ्गलवार, चैत ६, २०८०

काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भएको हो । तर उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको स्रोतको भनाई छ ।

रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध गरेर ज्यान गुमाउने नेपालीको संख्या अब ३३ पुगेको छ । परराष्ट्रले यसअघि नै १७ जनाको ज्यान गइसकेको जानकारी सार्वजनिक गरिसकेको थियो ।