असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा, कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८०।१२।२
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी एग्रो फार्मका लागि तपसिलमा उल्लिखित बुँदाका आधारमा रही करार सेवामा पशु परामर्शदाता Veterinary Consultant को आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिबाट निवेदन आह्वान गरिन्छ ।
बुँदाहरुः
१. पशु परामर्शदाताले मुख्य जिम्मेवारीका रुपमा पशु सेवा सम्वन्धी प्राविधिक कार्यहरु Feeding Management, Health Checkup & Treatment, Production & Cost Analysis etc. गर्नु पर्नेछ ।
२. परामर्शदाताका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता BVSc and AH वा DVM मा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ । अथवा पशुपालनको क्षेत्रमा कम्तिमा ५ वर्षको प्रयोगात्मक कार्य अनुभव भएको हुनुपर्नेछ ।
३. आवेदन पेस गर्दा प्राविधिक प्रस्ताव र वित्तीय प्रस्ताव पेस गर्नु पर्नेछ ।
४. प्राविधिक प्रस्ताव अन्तर्गत परामर्शको प्रकृति (पूरा समय वा आंशिक समय) र आवश्यकता अनुसार अन्य विषय खुलाउनु पर्नेछ ।
५. वित्तीय प्रस्ताव अन्तर्गत न्यूनतम परामर्श शुल्क (एकमुष्ट वा सेवाको प्रकृतिको आधारमा फरक), परामर्श अवधि लगायतका विषय खुलाउनु पर्नेछ ।
६. आवेदनका साथ शैक्षिक योग्यता, तालिम र कार्य अनुभवको प्रमाण पत्र, आधिकारिक निकायबाट मान्यता प्राप्त भए सोको प्रतिलिपि पेस गर्नुपर्नेछ ।
७. छनोट विधि मौखिक तथा प्रयोगात्मक हुनेछ ।
८. आवेदन संस्थाको एनएमसी एग्रो फार्मको प्रधान कार्यालय मेचीनगर–१४, दुहागढीमा पेस गर्नु पर्नेछ । वा संस्थाको आधिकारिक इमेल ठेगाना [email protected] मा इमेल समेत गर्न सकिने छ ।
९. निवेदन पेस गर्ने अन्तिम मिति २०८० चैत १६ गते शुक्रबार कार्यालय समयसम्म रहेको छ ।
थप जानकारीका लागि सम्पर्क नं. ९८५२६८९४००/९८५२८९४१६
– कर्पाेरेट कार्यालय