२०८१ मंसिर ६, बिहिवार , ०७:३८:३६ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

शनिवार, चैत ३, २०८०

प्रथमपटक प्रकाशित मितिः २०८०/१२/०२

जिल्ला झापा शिवसताक्षी–१० बस्ने श्री यशोदादेवी खुलाल (सदस्य नं. १६१७९३) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल माघ २४ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला शिवसताक्षी–१० बस्ने निजकी छोरी शुभद्रादेवी बोहोराले आफ्नो आमाको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल चैत १ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी दूधे कार्यालय

 

 

सम्बन्धित खबर