२०८२ जेठ ८, बुधवार , १०:३३:१४ बजे

Sajhamanch
'

गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति सर्वसम्मत चयन

आइतवार, फागुन २७, २०८०

बिर्तामोड । नेपाल लोकतान्त्रिक आदिवासी/जनजाति महासंघ बिर्तामोड नगर सम्मेलनबाट आनन्द गुरुङको अध्यक्षतामा १५ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरिएको छ ।

नगर समितिको उपाध्यक्षमा जंगबहादुर श्रेष्ठ र पूर्णवती श्रेष्ठ लिम्बू, सचिवमा सन्तकुमार लिङ्देन र दिनेश श्रेष्ठ, सहसचिवमा गोविन्द राजवंशी र हेमा श्रेष्ठ, कोषाध्यक्षमा कमला गुरुङ चयन भएका छन् ।

यस्तै समितिका सदस्यहरुमा जानुका लिवाङ, सिर्जना श्रेष्ठ, सरस्वती गुरुङ, दिपक तामाङ, दिनेश चौधरी, फूलमाया शेर्पा र गिता गुरुङ चयन भएका नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिएका छन् ।

यसअघि वडा तहमा गठित वडा समितिका सभापति एवं क्षेत्रीय प्रतिनिधिहरुको भेलाले नगर समिति गठन गरेको हो । संघको विधानमा प्रत्येक वडाबाट २ महिलासहित ६ जना क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भने वडा सभापति स्वतः क्षेत्रीय प्रतिनिधि हुने ब्यवस्था छ ।

महासंघका केन्द्रीय सदस्य एवं पूर्व सांसद विश्वदिप लिङ्देनको प्रमुख आतिथ्यमा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय बिर्तामोडमा नगर सम्मेलन आयोजना गरिएको थियो ।

राजकुमार राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी/जनजाति महासंघका केन्द्रीय सदस्य टेकबहादुर खजुम, नेपाली कांग्रेस महासमिति सदस्य राधा सुब्बा, जिल्ला सदस्यहरु पार्वता गिरी, धर्म लक्सम्बा, ओम विमली, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, नेपाली कांग्रेस २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, क्षेत्र नं– २ प्रदेश क सभापति लक्ष्मी आचार्य लगायतले मन्तब्य राखेका थिए ।

पार्टीका नगर सभापति भोजराज सिटौलाले सञ्चालन गरेको कार्यक्रममा उपस्थितहरुलाई कुलप्रसाद संग्रौलाले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर