आज साँझ ६.३० बजेको समयमा कनकाई नगरपालिका वडा नं. ८ खाडीबस्तीमा घैलाडुब्बाबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे. १ त ११५१ नम्बरको ट्रयाक्टरले बिपरित दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प २५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ४५ वर्षीय मिश्र गम्भीर घाईते भएका थिए ।

उनलाई उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भइसकेको बताएका हुन् । दुर्घटना गराउने ट्रयाक्टर र ट्याक्टर चालक बिर्तामोड ४ बस्ने ५७ वर्षीय कृष्णप्रसाद सुवेदीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको जनाइएको छ ।