मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । १०० भन्दा बढी मानिस घाइते भएका छन् ।प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार, इजरायली विमानहरूमार्फत देइर अल–बालाह सहरका धेरै आवासीय घरहरूमा आक्रमण गरिएको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितको शव अल–अक्सा सहिद अस्पतालमा सारिएको जनाएको छ ।
इजरायली आक्रमणले गम्भीर रूपमा क्षतिग्रस्त बनाएपछि एम्बुलेन्सहरू र नागरिक रक्षा टोली मानिसलाई बचाउन हमला भएको ठाउँमा पुगेका थिए ।अल–अक्सा सहिद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसले भरिएको चिकित्सा स्रोतको भनाइ छ । एजेन्सी