असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.
कर्पोरेट कार्यालय मेचीनगर ६, काँकरभिट्टा (झापा) कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८०।११।९
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको एनएमसी सहकारी पसलको वितरण केन्द्र, अर्जुुनधारा–७ का लागि निम्न अनुसारको विवरणमा उल्लिखित ट्रस निर्माण सम्बन्धी कार्य गर्नुपर्ने भएकोे हुँदा तपसिलका शर्तका आधारमा इच्छुक कम्पनी, फर्म वा व्यक्तिबाट प्रति एकाइ ज्याला सम्बन्धी सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।
तपसिल
१. निर्माण गर्नुपर्ने कन्स्ट्रक्सनकोे विवरण निम्न अनुसार रहेको छ ।
संरचनाः क्षेत्रफल १४४ दशमलव ७८ वर्ग मिटरको १ तले ट्रससहितको भवन निर्माण गर्नुु पर्नेछ ।
२ भुई तलामा जमिन लेबलबाट टाईबिम सम्म १ दशमलव ६ मिटर उठाई फाउन्डेसन लेवल तयार गर्नुपर्ने छ ।
३. भवनको भुँईंतलामा ६ायल्स लगाउनुपर्ने छ ।
४. अन्य विवरण इन्जिनियरको नाप नक्सा बमोजिम हुनेछ ।
५ कोटेसन पेस गर्दा प्रति एकाई कन्स्ट्रक्सन गर्ने ज्याला, टायल्स लाउने ज्याला, ट्रस निर्माण ज्याला तथा टिन ठोक्ने ज्याला तथा अन्य ज्याला अनिवार्य उल्लेख गर्नुुपर्ने छ ।
६. ज्याला भुक्तानी गर्दा नेपाल सरकारले तोकेको कर आकर्षित हुनेछ ।
७. कोटेसन पेस गर्ने अन्तिम मिति २०८० साल फागुन १५ गते मंगबारसम्म तोकिएको छ ।
८. कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
९ कोटेशन पेश गर्दा कम्पनी तथा फर्मको हकमा स्थायी लेखा नम्बरको प्रतिलिपि, निर्माण अनुमति पत्र, आर्थिक वर्ष २०७९/०८० को कर चुक्ता लगायतका कानुनी कागजात पेश गर्नुपर्ने छ । व्यक्तिको हकमा नागरिकताको प्रतिलिपी, व्यक्तिगत स्थायी लेखा नम्बर, निर्माण अनुमति पत्र पेश गर्नुपर्ने छ ।
१०. निर्माण सम्बन्धी कार्यगर्दा आवश्यक पर्ने औजार तथा फुटकर सामग्रीहरु (सेटरिङका सामग्रीहरु, बेल्चा, कराई, बेन्डिङ तार, काँटी, हेक्सो, प्लाष्टिक, मिक्सचर मेसिन, कटिङ ब्लेड, जेनेरेटर लगायत) कोटेसन पेश गर्ने पक्ष स्वयमले व्यवस्थापन गर्नुपर्नेछ । तर निर्माण सामग्रीको हकमा संस्थाले फलाम, रड, सिमेन्ट, टिन, नदीजन्य सामग्रीहरु, ब्लक, झ्याल ढोका आदि उपलव्ध गराउनेछ ।
११. कोटेसन सहकारी पसलको वितरण केन्द्र अर्जुुनधारा ७ मा वा सहकारी पसलको ईमेल ठेगाना [email protected] मा पनि पठाउन सकिनेछ ।
थप जानकारीका लागि : ९८५२६८९४१७/९८५२६८९४५९
–एनएमसी सहकारी पसल व्यवसाय