२०८१ मंसिर १०, सोमवार , ०४:४९:३१ बजे

Sajhamanch
'

विश्वकै ठूलो एक दिने निर्वाचन : इन्डोनेसियामा राष्ट्रपतिका लागि मतदान जारी

बुधवार, फागुन २, २०८०

काठमाडौं । विश्वको सबैभन्दा ठूलो एक दिने निर्वाचनका रुपमा इन्डोनेसियामा मतदान जारी छ । बुधबार २० करोड भन्दा बढी मानिसले निवर्तमान राष्ट्रपति जोको विडोडोको उत्तराधिकारी चयन गर्न मतदान गरिरहेका हुन् ।

इन्डोनेसियाका पूर्व राष्ट्रपति सुहार्तोका बेलाका विशेष कमाण्डर रहेका रक्षामन्त्री प्रबोवो सुब्यान्टोले निर्वाचन जित्ने आकलन गरिएको छ ।

उनलाई निवर्तमान राष्ट्रपतिको मौन समर्थन समेत रहेको भनिएको छ । उनले जितका लागि आवश्यक ५० प्रतिशत भन्दा बढी मत पाउँछन् वा पाउँदैनन् भन्ने स्पष्ट भने छैन । राष्ट्रपतिको उम्मेदवारमा प्रबोवो सुब्यान्टोसँगै जाकार्ताका पूर्व गभर्नर एवं शिक्षाविद् एनीस बास्वेदन र सेन्ट्रल जाभाका पूर्व गभर्नर गन्जर प्रनोवो छन् ।

बुधबार इन्डोनेसियाका मतदाताहरुले राष्ट्रपति र उपराष्ट्रपति बाहेक देशका सबै प्रशासनिक तहमा कार्यकारी र व्यवस्थापिका प्रतिनिधि पनि चयन गर्दैछन् । तीन समय क्षेत्रमा फैलिएको इन्डोनेसिया १७ हजार टापुहरु मिलेर बनेको छ ।

सम्बन्धित खबर