२०८१ मंसिर १३, बिहिवार , १०:४०:४८ बजे

Sajhamanch
'

देशका केही भु-भागमा हिमपात, तराईका अधिकांश स्थानमा हुस्सु

सोमवार, माघ १५, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र तराईका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने विभागले जनाएको छ । चिसोबाट समेत बच्न आवश्यक उपाय अपनाउन विभागले आग्रह गरेको छ ।

सम्बन्धित खबर

आजको मौसम
बिहिवार, मंसिर १३, २०८१
आजको मौसम
बुधवार, मंसिर १२, २०८१
आजको मौसम
मङ्गलवार, मंसिर ११, २०८१