२०८१ माघ २५, शुक्रवार , ०७:२५:०७ बजे

Sajhamanch
'

राष्ट्रियसभा सदस्य निर्वाचन आचारसंहिता लागु

बुधवार, माघ ३, २०८०

काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट लागु भएको आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ ।आचारसंहिता सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १० र खण्ड )छ( दफा ), दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ ।यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्षरविपक्षमा हुने गरी प्रयोग गर्नरगराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्नरगराउन नहुने आयोगले जनाएको छ ।

कुनै सरकारी वा अर्धसरकारी निकायरसार्वजनिक संस्था वा विश्वविद्यालयरविद्यालयरमहाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्नरगराउन पाइने छैन ।राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्नरगराउन नहुने आयोगले स्पष्ट पारेको छ ।