२०८१ माघ २५, शुक्रवार , ०५:०९:५४ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार तीन खेल हुनेछ।कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज बिहान सवा ९ बजे शरु हुने छ।सवा ९ बजे नै मूलपानी क्रिकेट मैदानमा शुरु हुने दोस्रो खेलमा बागमती र मधेश प्रदेशबीच खेल हुनेछ।

तेस्रो खेल रूपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ बजे शुरु हुनेछ।हालसम्मको नतिजाअनुसार एपीएफ क्लब अंकतालिकाको शीर्ष स्थानमा छ। आफ्ना दुवै खेल जितेर उसले चार अंक जोडेको छ। यस्तै त्रिभुवन आर्मी क्लब अंकतालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौँ, मधेश प्रदेश छैटौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा छन् । दुई–दुई खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म जितविहीन अवस्थामा छन्।