२०८२ जेठ २६, सोमवार , ११:०४:३१ बजे

Sajhamanch
'

राष्ट्रियसभाको उमेदवारको टुंगो लगाउँदै एमाले, जिम्मा अध्यक्षलाई

आइतवार, पौष २२, २०८०

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको उमेदवारको टुंगो लगाउँदैछ । उमेदवारको नामावली आजै सार्वजनिक गर्ने तयारी गरेको छ ।

शुक्रबारको सचिवालय बैठकले उमेदवारको विषयमा छलफल गरेपनि क्लष्टर मिलाउन बाँकी राखिएको थियो । बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उमेदवारको नामावली आजै सार्वजनिक हुने बताए ।

“उमेदवारको नाम टुंग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ,” उनले भने, “अध्यक्ष, महासचिवले नाम टुंग्याएपछि उमेदवारको नाम आजै सार्वजनिक होला ।”

एमालेले सत्ता गठबन्धनसँग साझेदारी गर्ने विषयमा छलफल समेत भएको थियो । तर, सम्भव नभएपछि एमालेले १९ वटै पदमा उमेदवारी दिने तय गरेको हो । राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उमेदवारी मनोनयन हुँदैछ । आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

सम्बन्धित खबर