काठमाडौं । अस्ट्रेलियन ओपनर डेविड वार्नरले टेस्टसँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । वार्नरले सोमबार सामाजिक संजालमार्फत एकदिवसीय र टेस्ट क्रिकेटबाट सन्यास लिने जनाएका हुन् ।
वार्नरले सन् २००९ मा दक्षिण अफ्रिकाविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यही वर्ष सम्पन्न एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्धको खेल नै उनको लागि अन्तिम एकदिवसीय खेल बन्न पुग्यो । विश्वकपमा वार्नरले एक हजार ५२७ रन बनाएका छन् ।
वार्नरले १६१ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २२ शतक र ३३ अर्धशतकसहित कुल ६ हजार ९३२ रन बनाएका छन् । अस्ट्रेलियाले सन् २०१५ र गत वर्ष सम्पन्न विश्वकपको उपाधि जित्दा वार्नर टिमका महत्वपूर्ण सदस्य थिए ।
वार्नरले पाकिस्तानविरुद्ध बुधबारदेखि सुरु हुने तेस्रो तथा अन्तिम टेस्ट खेल्नेछन् । यो नै उनको अन्तिम टेस्ट खेल हुनेछ । वार्नरले सन् २०११ मा न्युजिल्यान्डविरुद्धको खेलमार्फत टेस्ट क्रिकेटमा मा डेब्यू गरेका थिए ।