२०८१ फागुन ११, आइतवार , ०४:०७:१९ बजे

Sajhamanch
'

सल्लाको रुख ढालेर पहिचानवादीको माग पूरा हुँदैन: ओली

शुक्रवार, मंसिर २९, २०८०

तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरुको माग सम्वादबाट हल हुने बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियानका क्रममा तेह्रथुम आइपुगेका ओलीले पहिचानको मुद्दाका लागि सम्वादमा बस्नुपर्ने बताए ।

‘बाटाको ढुंगा मुढाले, अवरोधले, सल्लाको रुख ढालेर समस्याको समाधान हुँदैन’, ओलीले भने । संकल्प अभियान कसैको विरोधमा नभएकाले अवरोध सिर्जना गरिनु गलत भएको उनले बताए ।

‘हाम्रो अभियान देशको पक्षमा, जनताको पक्षमा हो । यसको प्रतिफल हाम्रा विरुद्धमा लागेका साथीहरुले पनि पाउने हो’, ओलीले भने ।