२०८३ वैशाख ८ मङ्गलवार , ११:१४:२४ बजे

Sajhamanch
'

तनहुँमा बालिका करणी गर्नेलाई जन्मकैदको फैसला

शुक्रवार, मंसिर २९, २०८०

दमौली । तनहुँ जिल्ला अदालतले बालिकालाई करणी गर्ने एक युवालाई जन्मकैदको फैसला सुनाएको छ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले भानु नगरपालिका–१० का १९ वर्षीय सुदीप थापा मगरलाई जन्मकैदको फैसला सुनाएको हो। साथै निजलाई छ लाख जरिवाना र २० हजार क्षतिपूर्तिको फैसला भएको तनहुँ अदालतले जनाएको छ।

निजविरुद्ध नौ वर्षीया नाबालिकलाई करणीको अभियोग लागेको थियो। प्रहरीले निजविरुद्ध विसं २०७९ असोज २८ गते तनहुँ अदालतमा मुद्दा दर्ता गरेको थियो।

शुक्रवार, मंसिर २९, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर