
काठमाडौँ । नेपाल सुपर लिग अन्तर्गत आज ललितपुर सिटी एफसी र झापा एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।
अङ्क तालिकाको दोस्रो स्थानमा रहेको ललितपुर र छैटौँ स्थानमा रहेको झापाबीचको आजको खेल रोमाञ्चक मानिएको छ।
उपाधिको दाबेदार मानिएको ललितपुरले हालसम्म ५ खेल खेलेको छ। २ मा जित र ३ खेल बराबरी गरेको ललितपुरले ९ अङ्क जोडेको छ। आजको खेलमा झापालाई पराजित गरेमा ललितपुरले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई थप बलियो बनाउने छ।
समान ५ खेल खेलेको झापाले १ मा मात्रै जित हात पारेको छ भने १ मा पराजित भएको छ। जबकी ३ खेल बराबरी गरेर ६ अङ्क जोडेको छ। आजको खेलमा ललितपुरलाई पराजित गर्दै अङ्क तालिकामा आफूलाई सुधार गर्ने मौका झापासँग छ।