२०८२ असार ६, शुक्रवार , ०१:४०:०१ बजे

Sajhamanch
'

चार महिनामा भित्रियो चार खर्ब ७८ अर्ब रेमिट्यान्स

बिहिवार, मंसिर २८, २०८०

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यसअवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भइ तीन अर्ब ६० करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो ।

सम्बन्धित खबर