
काठमाडौं । नेपाल सुपर लिग २०२३ मा बुटवल–लुम्बिनीले मंगलबार झापा एफसीको सामना गर्नेछ । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
१. यो खेल यसपल्टको २२ र समग्रमा ४७ औं खेल हुनेछ ।
२. झापाले यो प्रतियोगिताबाट डेब्यु गरेको हुनाले बुटवल–लुम्बिनीसँग यो पहिलो भेट हुनेछ ।
३. बुटवल–लुम्बिनी पाँच खेलबाट सात अंकसहित पाँचौं स्थानमा छ र यो खेल जितेर लिग तालिकाको शीर्ष स्थानमा उक्लने अवसर हुनेछ ।
४. बुटवल–लुमिबनीले खेलका पाँच खेलमध्ये दुई जित, एक बराबरी र दुई हार रहेका छन् ।
५. बुटवल–लुम्बिनी पछिल्ला तीन खेलमा अपराजित छ । सुरुका दुई खेलमध्ये ललितपुर सिटी एफसीसँग २–० र धनगढी एफसीसँग १–० ले गुमाएको बुटवल–लुम्बिनीले आफ्नो पहिलो जितका लागि स्पोर्टिङ इलामलाई २–१ ले हराएको थियो । लगतै एफसी चितवनलाई १–१ को बराबरीमा रोकेयता काठमाडौं रेजर्समाथि २–१ को जित निकालेको थियो ।
६. झापा आफ्ना पाँच खेलमा जितहीन रहेको छ । उसको चार खेलमा तीन अंक र आठौं स्थानमा छ । सुरुमै इलामविरुद्धको खेल १–० ले गुमाएयता झापाले पोखरा थन्डर्ससँग १–१ तथा काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडसँग समान गोलरहित बराबरी खेलेको थियो ।
७. झापा पनि आफ्ना पछिल्ला तीन खेलमा अपराजित छ । झापाले पछिल्लो १ सय ८० मिनेट कुनै गोल गरेको छैन् ।
यस्तै पछिल्लो २ सय ६० मिनेट कुनै गोल पनि गरेको छैन् ।