
काठमाडौं । नाबालिगको बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ । पटक–पटक स्थगित हुँदै आएको सन्दीपविरुद्धको मुद्दा आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो ।
यस दिन न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र थियो । सन्दीपको मुद्दा एक नम्बरमा परेको थियो । तर, सन्दीपका कानुन व्यवसायीका तर्फबाट मुद्दा स्थगित गरिएको हो ।
नेपाल बार एसोसिएसनका तर्फबाट चितवनमा आयोजित मानवअधिकार सम्मेलनमा अधिवक्ताहरू व्यस्त रहेकाले मुद्दा स्थगित गर्नुपरेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले बताए ।
गत वर्ष कात्तिक १४ गते नाबालिग गौशाला २६ ९छ०को बलात्कार गरेको सन्दीपमाथि आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर गरिएको थियो । फैसला भने हुन बाँकी छ ।
यसअघि, जिल्ला अदालतले वकिलहरूलाई लिखित बहस नोट पेस गर्न यही मंसिर २२ गतेसम्मको समय दिँदै आजका निम्ति पेसी तोकिएको थियो ।
यसअघि, गौशाला २६ ९छ० नाबालिग भए÷नभएको यकिन गर्ने भन्दै अदालतबाट दुई आदेश भएको थियो । त्यसबाहेक न्यायाधीश राजु खतिवडाको इजलासबाट गौशाला २६ ९छ० की आमाको उमेर यकिन गर्ने समेत आदेश भएको थियो ।