२०८१ फागुन ११, आइतवार , ११:४४:४३ बजे

Sajhamanch
'

जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

मदन-आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरू हुनेछ।

महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको खतिवडाले बताए। यसअघि महाधिवेशन माघ १४ गतेदेखि गर्ने तालिका थियो।