२०८२ असार ९, सोमवार , ०३:३७:०२ बजे

Sajhamanch
'

उर्लाबारी घटना : पाँचजनाको मृत्यु, दुई आईसीयूमा, १५ जनालाई डिस्चार्ज गर्ने तयारी

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी घटनाका घाइतेहरूमध्ये हालसम्म पाँचजनाको मृत्यु भएको छ ।

आईसीयूमा उपचाररत ६८ वर्षीय रुकुमबहादुर कार्कीको गत शनिबार र ४३ वर्षीय रामनरेश मित्रको मंगलबार मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो । कार्कीको शरीरमा ४० प्रतिशत र मित्रको १४ प्रतिशत जलन भएको थियो ।

यसअघि उपचारको क्रममा तपन पण्डित, हेमबहादुर दाहाल र कुमार तामाङको मृत्यु भएको थियो ।

कीर्तिपुर अस्पताल ल्याइएका मध्ये दुईजना अझै आईसीयूमा उपचाररत छन् । अन्य वार्डमा सारिएकामध्ये आठजनालाई यही साता र सातजनालाई आगामी साता डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालले जनाएको छ ।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चारजना प्रहरीसहित २७ जना घाइते भएका थिए । तिमध्ये २५ जनालाई थप उपचारका लागि नेपाली सेनाको विमानमार्फत् काठमाडौं ल्याइएको थियो ।

शुक्रवार, मंसिर १५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर