२०८२ असार १७, मङ्गलवार , ०४:३५:५८ बजे

Sajhamanch
'

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाने

मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले सोमबार (२२ कात्तिक)देखि तय भएको युरोप भ्रमण स्थगित गरेका थिए ।

मङ्गलवार, कार्तिक २१, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर