२०८१ कार्तिक ३०, शुक्रवार , १२:४९:४२ बजे

Sajhamanch
'

झापा सामुदायिक साकोसको साधारणसभामा उत्कृष्ट कारोबारी सदस्यहरु सम्मानित

शनिवार, कार्तिक १८, २०८०

भद्रपुर । झापा सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर ७ को १७औं वार्षिक साधारण सभा आज शनिबार सम्पन्न गरिएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको साधारणसभामा संस्थाका अध्यक्ष हरिप्रसाद गौतमले सञ्चालक मितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

एक करोड १२ लाख ५५ हजार ६०० रुपैयाँ संस्थाको शेयर पूँजी रहेको विवरण सहित वार्षिक गतिविधि प्रस्तुत गर्दै अध्यक्ष गौतमले सदरमुकामकै नमूना सहकारी संस्था निर्माणका लागि काम गरिरहेको धारणा राखे ।

कार्यक्रममा उत्कृष्ट बचत तथा कर्जा कारोबार गर्ने सदस्य र अनिवार्य बचतकर्ता पुरुषोत्तम पोखरेल, मेरी चौधरी र हिमादेवी कुईंकेललाई प्रमाण पत्रसहित सम्मान गरिएको थियो ।

त्यसैगरी १२ महिने आवधिक बचतकर्ता गोमा घिमिरे, सदस्य सन्ततिबाट कक्षा १२ मा उत्कृष्ट हुने छात्र विकल्प कोइराला र छात्रा सुस्मिताकुमारी चौधरीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

यसैगरी सो सहकारी संस्थाले यसवर्ष ज्येष्ठ सदस्य सम्मानबाट ८१ वर्षीय समाजसेवी विष्णुप्रसाद शिवाकोटी र ८३ वर्षीया हरिकुमारी पोखरेललाई सम्मान पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरियो ।

गौतमको अध्यक्षातामा सम्पन्न कार्यक्रममा नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारी, राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी लगायतले सहकारी मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर