२०८२ असार १७, मङ्गलवार , ०८:१२:०९ बजे

Sajhamanch
'

मुगुमा मारिएका सबैको दाहसंस्कार

शुक्रवार, कार्तिक १७, २०८०

मुगु । मुगुको छायानाथरारा नगरपालिका–६, मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ ।

घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो ।

हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाइ भएको थियो ।

यही कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर मारिएका थिए ।

शुक्रवार, कार्तिक १७, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर