२०८२ असार १९, बिहिवार , ११:०१:५७ बजे

Sajhamanch
'

इलाममा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु, एक घाइते

बुधवार, कार्तिक १५, २०८०

इलाम। अरिंगालको टोकाइबाट इलाममा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इलाम नगरपालिका–१२, साङरुम्बामा मंगलबार छिमेकीको बारीमा घाँस काटिरहेको अवस्थामा चिलाउनेको रुखमा रहेको अरिंगालले टोकेको थियो ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय सन्तोष लिम्बू रहेका छन् । अरिंगालले टोकेर घाइते भएका उनको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरिंगालले टोकेर घाइते भएका ५९ वर्षीय यामबहादुर लिम्बूको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बुधवार, कार्तिक १५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर