२०८२ असार २०, शुक्रवार , ११:२६:५४ बजे

Sajhamanch
'

जाँडको कटमा डुबेर १८ महिने बालकको मृत्यु

मङ्गलवार, कार्तिक १४, २०८०

ताप्लेजुङ । रक्सी पारेर राखिएको जाँडको कटमा डुबेर एक बालकको मृत्यु भएको छ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं-२ खेजेनिमका एक १८ महिने बालकको मृत्यु भएको हो।

खेजेनिम तिङदोका लाक्पानोर्बु शेर्पाका १८ महिने छोरा ङिमादोर्ची शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

मृतकका बुबा वैदेशिक रोजगारीमा साउदी गएको र आमा सोनिया शेर्पा बच्चा छिमेकीलाई हेर्न छोडेर खेतमा गएको बेला घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूका अनुसार दिउँसो बालक खेल्ने क्रममा कटमा डुबेको अवस्थामा छिमेकी छय्के शेर्पाले देखेकी थिइन्। उनले बालकलाई कटबाट निकाल्दा बच्चाको मृत्यु भइसकेको थियो।

डिएसपी लिम्बूले घटनाबारे थप आवश्यक अनुसन्धान जारी रहेको र शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको बताए।

मङ्गलवार, कार्तिक १४, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर