२०८१ फागुन १, बिहिवार , ०८:३५:२० बजे

Sajhamanch
'

शासक वर्गका कारण नेपाल विकसित हुन : केपी ओली

मङ्गलवार, कार्तिक १४, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शासक वर्ग र बाह्य शक्तिका कारण नेपाल विकसित हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौंका आर्ट काउन्सिलमा भएको सुष्मा राजभण्डारीको १९औँ एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै उनले विभिन्न कालमा शासन गर्नेहरूले जनतालाई अवसरबाट वञ्चित गर्दा नेपाल पछि परेको उनको भनाइ छ ।

ूलामो समयसम्म त हामी हातमुख जोड्ने समस्यामा नै लाग्यौँ । हामीलाई त्यस प्रकारका अवसरहरू लिनै दिइएन । राणा शासन र त्योभन्दा अगाडि हामीले अरू कुनै शासनलाई पनि जोगाइरहनुहुँदैन । राणा गए, अब अरू शासन चाहिँ राम्रा थिए भनेर जोगाउनुपर्ने केही छैन । त्यसभन्दा अघि दुनियाँ विकसित हुँदा हाम्रोमा केही विकास नहुने कसले गर्दा हो ? जनताले गर्दा त होइन । शासकहरूको कारणले हो । जे होस् हामी पछि पर्‍यौँ, ओलीले भने ।

उनले अगाडि थपे, बाह्य शक्तिले हामीलाई पछि पारे, शासकको स्वार्थका कारणले आन्तरिक शासक वर्गले पनि हामीलाई पछाडि पारे । कला, संस्कृति र साहित्य दरबारको मनोरञ्जन सीमित भयो । आम जनताको र देशको विषय बनेन । तर अब हामी अघि बढ्छौँ ।

मङ्गलवार, कार्तिक १४, २०८० | मिडियाबाट साभार, राजनीति

सम्बन्धित खबर