२०८२ असार २१, शनिवार , १०:२७:५५ बजे

Sajhamanch
'

विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम : व्यापारी

आइतवार, कार्तिक ५, २०८०

काठमाडौँ । खसीबोका व्यापारीहरूले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।

नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा व्यापारीहरूले विभिन्न जिल्लाबाट खसीबोका ल्याएपनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरेका हुन्। उनीहरूले दुर्गम जिल्लाहरूबाट खसी बोका किनेर नल्याउँदा काठमाडौं उपत्यकामा खसीबोका महँगो परेको बताए।

उनीहरूले सरकारले काठमाडौं भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरूबाट नल्याएकाले महँगो पर्न गएको गुनासो गरेका छन्।

एक सर्वसधारणले काठमाडौं आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महँगो परेको बताए।

त्यस्तै पशुचौपाया खरिद बिक्री सङ्घका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रे बिक्री भइरहेको बताए। उनले मानिसहरूसँग पैसा कमी भएकाले दसैँमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताए।

यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरू प्रशस्त रहेको बताए।

व्यापारीहरूले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ, काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लबाट खसीबोका काठमाडौं ल्याएका छन्।

सम्बन्धित खबर