२०८१ माघ ३०, बुधवार , ०३:३३:४२ बजे

Sajhamanch
'

एमालेको जिल्ला र पालिका अधिवेशन माघभित्र

बिहिवार, कार्तिक २, २०८०

काठमाडौं । नेकपा (एमाले)का जिल्ला र पालिका तहका अधिवेशनहरू आउँदो माघ मसान्तभित्र सम्पन्न गर्ने गरी योजना बनाउन सम्बन्धित कमिटीलाई परिपत्र गरिने भएको छ ।

एमाले प्रदेश कमिटीका अधिवेशन सकिइसकेको छ । यो वर्ष अब जिल्ला, स्थानीय र वडा तहका कमिटी अधिवेशन गरिँदै छ ।

गएको असोज ३० गते बसेको केन्द्रीय संगठन विभागको बैठकबाट फागुन र चैतमा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकबाट पार्टी सदस्यता प्रमाणीकरण प्रतिवेदन अनुमोदन समेत गरिएको छ ।

सोअनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका बाहेक पार्टीका साढे पाँच लाख सदस्यको सदस्यता प्रमाणीकरण भएको एमाले प्रचार विभागले जनाएको छ ।