२०८१ माघ २६, शनिवार , ०३:५३:४० बजे

Sajhamanch
'

स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले दिए सामूहिक राजीनामा

मङ्गलवार, असोज ३०, २०८०

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका पाँच सदस्यले सामूहिक राजीनामा दिएका छन् ।

बोर्डमा कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेको भोलिपल्ट बोर्डका मनोनित सदस्य डा. सुरेश तिवारी, डा. तारा साह, चन्द्र थापा, टीका चापागाईं भट्टराई र इन्द्रकला राईले राजीनामा दिएका हुन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई उनीहरूले राजीनामा बुझाएका छन् ।

लामो समयदेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्बन गरेको, आवश्यक जनशक्ति व्यवस्थापन नगरेको भन्दै राजीनामा दिएको उनीहरुको भनाइ छ । मन्त्री बस्नेतले स्वास्थ्य बीमा सक्न लागिपरेको र बीमालाई स्वायत बन्न नदिएको आरोप पनि लगाएका छन् ।

मन्त्री बस्नेतले यसअघि स्वास्थ्य बीमा ऐन विपरीत बोर्डका कार्यकारी प्रमुख डा. दामोदर बसौलालाई स्पष्टीकरण सोधेका थिए । त्यसको १५ दिनपछि मन्त्रिपरिषद्ले बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका थिए ।

बीमा बोर्ड गत चैत १० अध्यक्षविहीन छ । मन्त्री बस्नेतले सोमबार मात्रै मन्त्रालयका गुणस्तर मापन महाशाखा प्रमुख डा. मदन उपाध्यायलाई कार्यवाहक कार्यकारी निर्देशक नियुक्त गरेका थिए ।

सम्बन्धित खबर