![](https://sajhamanch.com/wp-content/uploads/2023/10/1696934446_KB-KTM-0U3A1043-1200x560-1.jpg)
काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले इजरायलका लागि नेपाली राजदूतलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता भएको बताए। कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन नसक्दा अहिले उद्धारमा ढिलाइ भइरहेको उनको भनाइ थियो।
उनले सरकारले भागबण्डा गरेर राजदूत नियुक्ति गर्नाले असक्षम राजदूत नियुक्ति हुने गरेको जिकिर गरे।
उनले भने, ‘इजरायलमा नेपाल सरकारको कूटनीतिक असफलता हो यो। कतै न कतै कूटनीतिक सम्बन्धलाई सन्तुलित बनाउन सकेनौँ। त्यो देश पहिलाबाट नै युद्धरत छ। ती दुवै पक्षबिच युद्धमा नै थियो। त्यहाँको राजदूत के गरेर बसेको थियो। मेरो सुझाव सरकारले त्यो राजदूतलाई निलम्बन गर्नुपर्छ। फिर्ता बोलाउनुपर्छ। त्यो एम्बेस्डरलाई त्यो ठाउँ कस्तो थियो थाहा हुनुपर्दथ्यो। बाहिरी कुरा देखाएर हुँदैन। सरकारले भागबण्डा गरेर राजदूत नियुक्ति गरेपछि यस्तै हुन्छ। सरकारले आत्मलोचित भएर क्षमा माग्नुपर्छ।’
सांसद साहले इजरायलसँग कूटनीतिक असफलता व्यहोरेको भन्दै सरकारले आत्मालोचना हुनुपर्ने बताए।