२०८१ मंसिर १९, बुधवार , ०२:२९:१६ बजे

Sajhamanch
'

चिनियाँ वाणिज्य दूतावासमा कार ठोक्काउने व्यक्ति प्रहरीबाट मारिए

मङ्गलवार, असोज २३, २०८०

काठमाडौं । अमेरिकाको सानफ्रान्सिस्कोस्थित चिनियाँ वाणिज्य दूतावासमा सोमबार कार ठोक्काउने एक व्यक्ति प्रहरीको गोलीबाट मारिएका छन् ।

घटनास्थलमा अधिकारीहरु पुगेपछि परिचय नखुलाइएका ती व्यक्तिलाई गोली हानेर मारिएको प्रहरीले बताएको हो । इन्टरनेटमा सेयर गरिएको भिडियोमा एक निलो होन्डा कार दूतावास भवनको लबीमा पुगेको र त्यहाँबाट दर्जनौँ मानिस भागिरहेका देखिन्छ ।

वाणिज्य दूतावासले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । घटनास्थलमा आफ्ना कर्मचारी र अन्य व्यक्तिहरूको सुरक्षामा गम्भीर खतरा भएको बताएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताए पनि थप जानकारी सार्वजनिक गरिएको छैन ।

सानफ्रान्सिस्कोमा अर्को महिना एसिया– प्यासिफिक इकोनोमिक कोअपरेस हुँदैछ । त्यसमा चिनियाँ राष्ट्रपति सी चिनफिङ समेत सहभागी हुने अपेक्षा गरिएको छ ।

मङ्गलवार, असोज २३, २०८० | International, मिडियाबाट साभार

सम्बन्धित खबर