२०८१ मंसिर १५, शनिवार , ०९:२०:५१ बजे

Sajhamanch
'

सुन्दर सामुदायिक प्रहरी सेवा केन्दको बागडोर अब संग्रौलाको हातमा

मङ्गलवार, असोज २३, २०८०

बिर्तामोड । सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडको अध्यक्षमा निवृत्त प्रहरी देवीप्रसाद संग्रौला सर्वसम्मत चयन भएका छन् ।

सोमबार आयोजित चौथो अधिवेशनबाट नेपाल पूर्व प्रहरी संगठन झापाका वरिष्ठ उपाध्यक्षसमेत रहेका संग्रौला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको चारजना उपाध्यक्षहरुमा सन्जिव चापागाईं, अमिर लिङ्देन, लक्ष्मी सापकोटा र अनिता खनाल सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै महासचिवमा लक्ष्मी गौतम तथा सचिवमा राजकुमार ओली, कोषाध्यक्षमा शत्रुधनप्रसाद गुप्ता, सहकोषाध्यक्षमा राधा भट्टराई रिजाल निर्वाचित भएको जनाइएको छ ।

१९ सदस्यीय कार्यसमितिका सदस्यहरुमा कृति प्रसाईं, ध्रुवकुमार आचार्य, रणदेव हजाम, टेकनाथ पौडेल, देवकला कटुवाल र तेजेन्द्र उप्रेती चयन भएका सचिव ओलीले बताए ।

२०६८ सालमा स्थापना गरिएको सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रको १२औं वर्षमा सामाजिक तथा सुरक्षाका क्षेत्रमा धेरै कामहरु गरेको सस्थांका अध्यक्ष उत्तम खनालले साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरेका छन् ।

बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा आयोजित अधिवेसनमा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, प्रहरी नायव उपरिक्षक सुरज कार्की, निर्वाचन मण्डलका संयोजक तथा पूर्व अध्यक्ष अर्जुन मैनाली लगायतले मन्तब्य राख्दै बिर्तामोडमा देखिएका चुनौती र आउने दिनमा देखिएका जोखिमलाई न्यूनीकरण गर्न सामुदायिक प्रहरीको भूमिका महत्वपूर्ण बनाइने बताएका थिए ।

अध्यक्ष उत्तम खनालको अध्यक्षतामा महासचिव लक्ष्मी गौतमको सन्चालनमा आयोजित अधिवेसनमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई उपाध्यक्ष सन्जिव चापागाईंले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर